२०८१ चैत्र २५, सोमबार

प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत

  • नेपाल युग
  • २०८१ फागुन २६, सोमबार
प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । काठमाडौँमा आयोजित १६औँ राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

अन्य पदमा भने आज निर्वाचन हुने छ ।

प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । त्यो सर्कुलर सार्वजनिक भएपछि विवाद बढेको थियो र पुरी पछि हटेका थिए । त्यसपछि अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो ।

प्याब्सनका हालका अध्यक्ष डिके ढुङ्गाना भन्दा अगाडि पुरीले प्याब्सनको नेतृत्व गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस