२०८१ चैत्र २७, बुधबार

संसद्लाई आरोप प्रत्यारोपको थलो बनाउनु हुँदैन : सांसद चौधरी

  • नेपाल युग
  • २०८१ फागुन २८, बुधबार
संसद्लाई आरोप प्रत्यारोपको थलो बनाउनु हुँदैन : सांसद चौधरी

काठमाडौँ । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद् देश र जनताका समस्याहरूमा केन्द्रित हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले संसद्लाई आरोप प्रत्यारोपको थलो बनाउन नहुने बताए ।
पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिला हिंसा लगायतका विषयहरू संसद्मा प्रवेश नपाउँदा जनताका विषयहरू गौण भइरहेको बताउँदै उनले राजनीतिक दलहरूलाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडी बढ्न अनुरोध गरे । ‘हिंसामुक्त समाज, बेरोजगारीको अवस्था, युवा पलायनको अवस्था, निराशाका विषयहरूलाई टेबल टक गरौँ । सबै पार्टीहरू एकजुट भएर नेपालको रणनीति कस्तो हुनुपर्छ ? भन्ने विषयमा छलफल गरौँ’, सांसद चौधरीले भने ।
विज्ञान, प्रविधि र एआईको जमानामा नेपाललाई त्यसतर्फ डोर्‍याउन, युवाहरूलाई स्वदेशमै टिकाउने सवालमा बहस र छलफल हुन नसकेको उनको भनाई छ । कानुनले महिलाहरूलाई कार्यकारी भूमिका सुनिश्चित गरेपनि व्यवहारतः लागू हुन नसकेको उनले जिकिर गरे ।
उनले संसद्मा वर्तमान सरकारका प्रमुखलाई हिटलर भनेको प्रतिपनि आपत्ति जनाए । संविधान र लोकतान्त्रिक पद्धतिबाट मुलुकलाई अगाडी बढाउन सबै जना साझा मुद्दाहरूमा एक हुनुपर्ने सांसद चौधरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस