४ : ३५ : ०३
२०८१ चैत्र २७, बुधबार

चोरी भएर अमेरिका पुगेका ५५० वर्ष पुराना चित्रकला नेपाल फिर्ता

  • नेपाल युग
  • २०८१ फागुन २८, बुधबार
चोरी भएर अमेरिका पुगेका ५५० वर्ष पुराना चित्रकला नेपाल फिर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ । नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति नेपाल ल्याइएको हो ।

आज पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहर २०३७ भदौ २९ गते महाविहार परिसरबाटै चोरी भएको जानकारी दिए । सांस्कृतिक तथा धार्मिक महत्वका यी पौभाः अब इतुंबहालमै पुनर्स्थापना गरिनुपर्ने र यसका लागि राज्यबाट आवश्यक सुरक्षा प्रबन्ध र अन्य पूर्वाधार बनाइदिनु पर्ने संरक्षण समाजको माग रहेको पनि उनले बताए ।

काठमाडौँ महानगरका उपमेयर सुनिता डङ्गोलले समुदाय स्तरबाट पहल भई हराएका पुराना कलाकृति स्वदेश फर्काउन सकिएकामा खुसी व्यक्त गर्दै फिर्ता भएका ती सम्पदाको संरक्षणका लागि आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

नेवाः गुथि, न्यूयोर्कका अध्यक्ष विजयमान सिंहले हराएका नेपाली कलाकृतिबारे सम्बन्धित ठाउँमै गएर बुझ्ने काम भएको र लामो समयसम्म विभिन्न निकायसँग संवाद र समन्वय गरी स्वदेश फर्काउन सकिएको भन्दै यस अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । सोही अवसरमा संरक्षण समाजका तर्फबाट अध्यक्ष सिंहलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबिआइले सुरुमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस