२०८१ चैत्र २६, मंगलबार

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिन गर्न सांसदहरूको माग

  • नेपाल युग
  • २०८१ चैत्र ४, सोमबार
सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिन गर्न सांसदहरूको माग

काठमाडौँ । सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् ।
आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । ‘उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धीमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नति नगराइएकोमा सरकारसँग जवाफ मागे । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरूसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् ।

सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै  निर्माण गर्नुपर्नेमा जोड दिइन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । बैठकमा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस