२०८१ चैत्र २६, मंगलबार

छेन्दु–पोखरा सिधा उडान सुरु, सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा

  • नेपाल युग
  • २०८१ चैत्र ५, मंगलबार
छेन्दु–पोखरा सिधा उडान सुरु, सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा

पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा सिधा उडान सुरु गरेको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरु भएको हो ।

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो, १२८ जना चिनियाँ पर्यटक बोकेर आएको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत गएका हुन् ।

उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ ।

चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको हाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस