२०८१ चैत्र २६, मंगलबार

श्याम घिमिरेले प्रतिनिधि सभामा मागे माफी

  • नेपाल युग
  • २०८१ चैत्र ६, बुधबार
श्याम घिमिरेले प्रतिनिधि सभामा मागे माफी

काठमाडौँ । यौन व्यवसाय सम्बन्धमा दिएको अभिव्यक्तिमा सांसद श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन् । बुधबारको संसद् बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतकसमेत उनले माफी मागेका हुन् ।
उनले चैत ३ गतेको संसद् बैठकको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि आजको संसद् बैठकमा बोल्दै घिमिरेले ती व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिँदै माफी मागेका हुन् ।
‘यहीँ चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद् हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र काँग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन’, उनले भने, ‘यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस