२०८१ चैत्र २९, शुक्रबार

चैत २४ गते सार्वजनिक बिदा दिइने, हेर्नूहोस् मन्त्रिपरिषद्का निर्णयहरू

  • नेपाल युग
  • २०८१ चैत्र ६, बुधबार
चैत २४ गते सार्वजनिक बिदा दिइने, हेर्नूहोस् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले यही चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।
त्यस्तै, विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले ऋण असुली न्यायाधिकरणको बैङ्किङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन् ।

हेर्नूहोस् निर्णयहरू:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस