५ : ५९ : ३५
२०८१ चैत्र २५, सोमबार

साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

  • नेपाल युग
  • २०८१ चैत्र १७, आईतबार
साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।

आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस