काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८०/१०/२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो ।