२०८१ चैत्र २५, सोमबार

रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

  • नेपाल युग
  • २०८१ चैत्र २५, सोमबार
रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो । भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डिआइजी छविलाल जोशी पनि रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस