२०८१ चैत्र २५, सोमबार

ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी

  • नेपाल युग
  • २०८१ चैत्र २५, सोमबार
ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी

|फाइल फोटो

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

वरिष्ठ डेपुटी गभर्नर ढुङ्गाना नेपालको पहिलो महिला गभर्नर बन्ने दौडमा छन् । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो ।

यतिवेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको  छ । नेपाल राष्ट्र बैङ्कको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस