२०८१ चैत्र २५, सोमबार

तीन महिनापछि तलब पाए काठमाडौँ महानगरका कर्मचारीले

  • नेपाल युग
  • २०८१ चैत्र २५, सोमबार
तीन महिनापछि तलब पाए काठमाडौँ महानगरका कर्मचारीले
काठमाडौँ । तीन महिनादेखि रोकिएको तलब अन्ततः काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले पाएका छन् । सोमबार महानगरले सबै कर्मचारीकोको खातामा तलब पठाएको जनाइएको छ ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण तलब वितरण प्रक्रिया रोकिएको थियो । गत ७ पुसदेखि बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हालै कार्यालयमा हाजिर भएपछि तलब वितरण प्रक्रिया अघि बढाइएको हो ।

गुरागाईँ बिहीबार कार्यालयमा हाजिर भएपछि महानगरमा केहीबेर वातावरण तनावग्रस्त बनेको थियो । कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलबप्रति असन्तोष जनाउँदै आएका थिए ।

हाजिर भएको भोलिपल्टै गुरागाईँले कर्मचारी र जनप्रतिनिधिको तलब वितरणका लागि प्रक्रिया अघि बढाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस