२०८२ बैशाख ५, शुक्रबार

नेपालसँग कतार आठ विकेटले पराजित

  • नेपाल युग
  • २०८१ चैत्र २७, बुधबार
नेपालसँग कतार आठ विकेटले पराजित
काठमाडौँ । नेपालले चारदेशीय टी–२० आई सिरिजमा विजयी सुरुआत गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो ।

कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ८१ र तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरे । कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए ।  त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी शहजाद जामिलले ३१, मुजिबउर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगा गणेश नागराजनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए । प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्नेछन् ।  नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका  छ ।

तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् । फाइनल खेल आगामी आइतबार हुनेछ । सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस