२०८२ बैशाख ६, शनिबार

छ जना डिआइजीहरू एआइजी सिफारिस (नामावली सहित)

  • नेपाल युग
  • २०८२ बैशाख ४, बिहिबार
छ जना डिआइजीहरू एआइजी सिफारिस (नामावली सहित)

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डिआइजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

हेर्नूहोस् नामावली:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस