२०८२ बैशाख ६, शनिबार

नेपालमा पहिलो पटक ‘स्काईवेल पाइलट समिट’ हुँदै

  • नेपाल युग
  • २०८२ बैशाख ५, शुक्रबार
नेपालमा पहिलो पटक ‘स्काईवेल पाइलट समिट’ हुँदै

काठमाडौँ । विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरू एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाइलट एसोसिएसन अफ नेपाल सञ्चालनमा ल्याइएको छ । जससँगै संगठित पाइलटहरू पाइलटको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्डयन क्षेत्रमा सकारात्मक अभिवृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् ।

यही प्रयासको पहिलो कदमका रूपमा आगामी शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ आयोजना हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा हुने कार्यक्रमका लागि टाइटल स्पोनसरको रूपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभी रहेको छ ।

टाइटल स्पोनसरको रूपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारिक आयातकर्ता जी. मोटर्स प्रा. ली. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशील पेसाकर्मी सँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उद्देश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए ।

स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी हो भने यसले चाइना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ् को सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाइलट समिटको टाइटल स्पोनसरको रूपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाइलट एसोसिएसन अफ नेपालको आधिकारिक मोविलिटी पार्टनरको रूपमा चिनिनेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले सुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए ।

यस समिटको अवसर पारेर पाइलट एसोसिएसनको औपचारिक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस