काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ ।
आइतबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला एक सय रुपैयाँ नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
आइतबार प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।