२०८२ बैशाख ६, शनिबार

कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी

  • नेपाल युग
  • २०८१ चैत्र १७, आईतबार
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको छ । उक्त रिटको सुनुवाइ आज सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ ।

यसअघि, गत शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन् ।

सरकारका तर्फबाट पेस हुने लिखित जवाफपछि मुद्दाले अन्तरिम आदेशबारे निर्णय हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस